नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गर्न लागेको १२ औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा आज देखि काठमाडौँमा सुरु हुदैंछ। काठमाडौँ केन्द्रमा आज बाट सुरु हुने परिक्षामा २६८३ परीक्षार्थी सहभागी हुने परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो। परिक्षा फारम भरेका २६९१ परीक्षार्थी मध्ये २३८६ जना परीक्षार्थीको परिक्षा फारम स्वीकृत भएको थियो।
पुल्चोक स्थित इञ्जिनियरिङ अध्ययन संस्थानको सुचना प्रविधि केन्द्रमा हुने परिक्षामा सबै भन्दा बढी सिभिल इञ्जिनियरिङका १२११ परीक्षार्थी छन्। आज पहिलो शिफ्टको परिक्षा बिहान ९ बजेबाट सुरु हुनेछ जसमा सिभिल इञ्जिनियरिङ कार्यक्रमका ३३० जना परीक्षार्थी सहभागी हुनेछन्।
काठमाडौँ केन्द्रमा आज देखि सुरु हुन लागेको परिक्षा पर्सि २५ गते सम्म चल्नेछ। १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा देखि नै परिषदले परिक्षा भएकै दिन नतिजा सार्वजनिक गर्दै आइ रहेकाले यस पटक पनि परिक्षा भएकै दिन नतिजा सार्वजनिक हुनेछ।
काठमाडौँ केन्द्रको परिक्षा सकिए पछि चैत्र २८ देखि पोखरा केन्द्रमा परिक्षा संचालन हुनेछ। केन्द्रमा परिक्षा फारम भरेका ३०३ परीक्षार्थी मध्ये सबै परीक्षार्थीको परिक्षा फारम स्वीकृत भएको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो।

Your email address will not be published. Required fields are marked *