ब्रिज कोर्स र इन्ट्रान्स प्रिपरेसन कक्षामाथि प्रतिबन्ध लगाउने शिक्षा मन्त्री पोखरेलको निर्णय
Home News शिक्षा

ब्रिज कोर्स र इन्ट्रान्स प्रिपरेसन कक्षामाथि प्रतिबन्ध लगाउने शिक्षा मन्त्री पोखरेलको निर्णय

Engineer Khabar - March 29, 2026 19068 views
images/sash.jpeg
images/sash.jpeg
Text Size

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विद्यालय तथा उच्च शिक्षामा भर्ना हुनुअघि सञ्चालन हुने ‘इन्ट्रान्स प्रिपरेसन’ (प्रवेश परीक्षा तयारी) र ‘ब्रिज कोर्स’ का कक्षामा पूर्ण रूपमा रोक लगाउन निर्देशन दिएका छन् । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी नयाँ वर्ष २०८३ देखि लागु हुनेगरी देशभर यस्ता सम्पूर्ण कक्षाहरू सञ्चालन गर्न प्रतिबन्ध लगाउने मन्त्री पोखरेलको निर्णय सार्वजनिक गरेको हो ।

images/sash.jpeg

मन्त्री पोखरेलको शुक्रबारको मन्त्रिस्तरीय निर्णय अनुसार अब उपरान्त कुनै पनि निजी वा शैक्षिक संस्थाहरूले ‘ब्रिज कोर्स’ वा ‘इन्ट्रान्स प्रिपरेसन’ का नाममा विद्यार्थी भर्ना गर्न पाउने छैनन् । मन्त्रालयले यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थपेको र शिक्षामा समतामूलक पहुँच पुर्‍याउने राज्यको नीतिमा बाधा उत्पन्न गरेको ठहर गरेको छ ।

images/sash.jpeg

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिका अनुसार यस्ता तयारी कक्षाहरूले विद्यार्थीको मनोविज्ञानमा समेत नकारात्मक असर पारेकाले यो कदम चालिएको हो । मन्त्री पोखरेलले उक्त निर्णयको पालना गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयको निर्देशनलाई चुनौती दिँदै कसैले यस्ता कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पूर्ण जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

images/sash.jpeg

images/sash.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *