सूचना प्रविधि विभाग खारेज गर्ने बालेन सरकारको निर्णय, प्रधानमन्त्री कार्यालय मातहत नयाँ संरचना बन्ने
Home News मुख्य समाचार

सूचना प्रविधि विभाग खारेज गर्ने बालेन सरकारको निर्णय, प्रधानमन्त्री कार्यालय मातहत नयाँ संरचना बन्ने

Engineer Khabar - March 28, 2026 90506 views
images/balen_ac.png
images/balen_ac.png
Text Size

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग खारेज हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत तीन महिनाभित्र नयाँ एकीकृत संरचना खडा गर्ने र विद्यमान विभागलाई खारेज गर्ने उल्लेख छ । 

images/balen_ac.png

कार्यसूचीको बुँदा नम्बर ३९ मा भनिएको छ, “नेपालको सूचना प्रविधि तथा विद्युतीय शासन प्रणालीमा विद्यमान खण्डीकृत संरचना, अन्तरआबद्धताको अभाव, मापदण्ड तथा संस्थागत समन्वयको कमजोरी, दक्ष जनशक्ति र प्राविधिक क्षमताको कमी तथा सेवा प्रवाहमा देखिएको अप्रभावकारिता समाधान गरी एकीकृत, सुरक्षित, दक्ष र परिणाममुखी डिजिटल शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने ।”

images/balen_ac.png

images/balen_ac.png

सोही बुँदामा अगाडि भनिएको छ, “हालको सूचना प्रविधि विभाग खारेज गर्ने तथा सूचना प्रविधिसम्बन्धी सबै सार्वजनिक निकायलाई यस कार्यालय अन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाउने ।”

images/balen_ac.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *