सुदुरपश्चिम विश्वविद्यालयले नेपाल मटेरियल्स साइन्स सोसाइटीसँगको समन्वयमा आज देखि महेन्द्रनगरमा "International Conference on Heritage, Innovation and Transformation" को तेस्रो संस्करणको आयोजना गरेको छ। आज महेन्द्रनगर स्थित केन्द्रिय क्याम्पसमा सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सम्मेलनको उदघाटन गरेका हुन्।