सफा, स्वच्छ बिरगंज अभियानका नायक : राजेश मान सिंह
Home News फिचर्ड स्टोरी

सफा, स्वच्छ बिरगंज अभियानका नायक : राजेश मान सिंह

इन्जिनियर खबर - Feb. 1, 2026 1173151 views
images/election_candidacy-2.png
images/election_candidacy-2.png
Text Size

तपाइँ वीरगंज जानु भएको छ ? केही वर्ष अघि मात्र वीरगंज गएको र हालसालै नगएकाहरुलाई यो सामाग्री अपत्यारिलो लाग्न सक्छ ।वीरगंज: नेपालको पूर्वी दक्षिणी क्षेत्रमा पर्ने यो सहरको आफ्नै पहिचान छ, मधेश प्रदेशको आर्थिक राजधानी, भारतसँग सिमा जोडिएको नेपालको बिकासशिल सहर इत्यादी, तर यहि पहिचानसँगै वीरगंजको नयाँ पहिचान जोडिएको छ: सफा वीरगंज सहर । केही वर्ष अघि सम्म झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो भाष्य चिर्दै अहिले वीरगंजले आफुलाई सफा र स्वच्छ सहरको रुपमा स्थापित गरेको छ, अनि यहि सफा वीरगंजको नायक बनेका छन् यहाँका नगर प्रमुख राजेशमान सिङ ।  यिनै सिंहले नेतृत्व गरेका वीरगंज महानगरपालिकाले पछिल्लो समय पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह, सिप बिकास हुँदै सरसफाईको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको भनेर विभिन्न सरोकारवाला निकायले गराएको जानकारीका आधारमा इन्जिनियर खबरको टिम गत शुक्रबार वीरगंज पुगेको थियो । नगर प्रमुख राजेश मानसिंह सहित विभिन्न सरोकार वाला निकायसँग छलफल र समन्वय गरेर हाम्रो टोलि फर्किएको थियो ।

images/election_candidacy-2.png

बैभव वीरगंजको नारा लिएर चुनावी मैदानमा होमिएका राजेशमान सिंहले वीरगंजको बागडोर सम्हालेको करिब साढे ३ वर्ष बितेको छ । यो बिचमा एक हिसाबले भन्नु पर्दा उनले वीरगंजको मुहार नै फेरेका छन् र वीरगंजलाई बैभव बनाउन लागी परेका छन् । सफाईको क्षेत्रमा त राजेश मानले युगान्तकारी परिवर्तन नै ल्याएका छन् । बाटो मै फोहोर थुप्रिएर गन्हाएर हिड्नै नसकिने अवस्थामा पुग्ने वीरगंजका सडकहरु अहिले उज्याला, फराकिला, सफा र स्वच्छ भएका छन्, यी सडकहरुले वीरगंजलाई साचै नै महानगरको झल्को दिने गर्दछ । आदर्शनगरबाट घन्टाघरसम्म करिब ५० मिटर यात्रा गरे पछि  कम्तिमा एउटा मन्दिर भेटिने यो सडकमा फोहोर थुप्रिएर हिड्नै नहुने हुन्थ्यो, त्यस माथी घरघरबाट निस्केका फोहोर समेत त्यही थुपारी दिनाले वीरगंजको सौन्दर्य समेत बिगारेको थियो ।

images/election_candidacy-2.png

वीरगंजको नेतृत्व लिएदेखि नै सबैभन्दा सुरुमा उनले वीरगंजको फोहोर सफाईलाई अभियान कै रुपमा संचालन गरे । अव्यवस्थित फोहोरहरु व्यवस्थित रुपमा उठाउने, डम्पिंग साइट सम्म पुराउने, बन्द भएका साना नालाहरु खोल्ने, बजार छेउमा अव्यवस्थित रुपमा संचालन भएका टहराहरु हटाउने जस्ता कामलाई प्राथमिकतामा राखेर वीरगंजलाई सफा बनाउन लागी परेका सिंहलाई सुरुमा स्थानीयले अवरोध समेत गरेकाथिए । स्थानीयको अवरोधका बाबजुत पनि सिंहले वीरगंजलाई सफा र सुन्दर बानुने अभियान संचालन नै गरि रहे । सिंहले फोहोर व्यवस्थापन अझ प्रभावकारी बनाउन सफा नेपाल एप प्रयोगमा ल्याई सरसफाइको गुनासो मोबाइल, ल्यापटपबाट सोझै दिन सकिने व्यवस्था समेत गराएका छन् । वीरगंज सहरलाई सफा ,स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाई एंव स्वच्छता अभियानमा वीरगंजका सम्पूर्ण नगरवासीलाई जोड्ने उदेश्यले उक्त एप निर्माण गरी २०७९ देखि नै सञ्चालनमा ल्याइएको हो । उक्त एपमा जोडिने प्रयोगकर्तले कही कतै कसैले घर वा पसलको फोहोर सडक, पेटी, नाला वा खाली जग्गामा फालेको भेटिए फोटो खिचेर त्यस बारे एपमा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ । त्यसरी पुग्ने महानगरको टोलीले पहिलो पटकमा १ हजार, दोश्रो पटकमा ५ हजार रुपैयाँ र त्यसपछि दोहोरिएमा जरीवानाको रकम बढाउँदै कारबाही समेत गर्दै आएको छ ।  फोहोर गर्ने व्याक्ति वा संस्थाका बारे एप मार्फत सुचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरीवाना रकमको केही प्रतिशत रकम महानगरले पुरस्कार स्वरुप दिदै आएको छ ।  सुरुमा फोहोरमा राजनीति मिसिने र नगर प्रमुखले योजना बनाए पनि कार्यन्वयन हुन नसक्ने र सफाई अभियान सम्भव नै नहुने बताएका थुप्रै सेवाग्राही समेत अहिले बिरगंजको फोहोर सफा भएर खुशी भएका छन् ।

यसका अतिरिक्त धार्मिक क्षेत्रको सफाईलाई समेत नगर प्रमुख सिंहले प्रथमिकताका साथ अघि बढाएका छन् । धार्मिक क्षेत्र वरपर लाग्ने ठेलालाई व्यवस्थापन गरेर भेहिकल फ्री जोन घोषणा गर्ने देखि त्यहाका पूर्वाधार निर्माणसम्म सिंह नेतृत्वको वीरगंज महानगरपालिकाको कदम प्रशंसानीय छ । सेवाग्राहीको बढी भिड हुने कोठामा एसी जडान, खानेपानी र बस्ने बेन्च अनि सहजताका लागि डिजिटल टोकन प्रणालीसमेत लागू भएको छ । समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोर सङ्कलन नहुने समस्या करिब करिब समाधान भएको वीरगंजवासी बताउँछन् । यो वर्षको अवधिमा वीरगंज महानगरले सेवा प्रवाहमा निकै सुधार गरेको छ । वीरगंजलाई हरियाली सहर बनाउनका लागि बाइपास, घण्टाघर, मितेरी पुल प्रवेशद्वार, डूाइपोर्टलगायतका स्थानमा करिब पाँच हजार बोटबिरुवा रोपिएको छ भने घण्टाघरदेखि पावर हाउससम्मका सडकबिचको डिभाइडरमा तीन तह हुने गरी वृक्ष तथा फूल रोप्ने कार्य गरिरहेको छ । जनशक्ति थप गरी फुटपाथ अवरोध गर्ने छाडा चौपाया नियन्त्रण लिने काम भएको छ । महानगरले ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको छ ।

सिंह कै दृढता, नेतृत्वशैली र निरन्तरको समान्वयले अहिले घण्टाघर नजिकै  रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसलहरु समेत पूर्ण रुपमा हटाएको छ । यसरी सार्वजनिक जग्गा अतिक्रमण गरेर संचालन भै रहेका पसल तथा टहराहरुलाई छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको छ।  महानगर प्रमुख सिंहले अब करिब ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए । अतिक्रमण हटाउँदा तत्कालका लागि विरोध, असन्तुष्टि र दबाबको सामना गरेका सिंहले दीर्घकालीन रुपमा वीरगंजको सार्वजनिक हितलाई प्राथमिकतामा राखेर निर्णय लिएका छन् । अब यसरी खाली गरिएको विपी उद्यानको उत्तर तर्फ रेल संग्रहालय स्थापना गर्ने महानगरको तयारी छ । वि पी उद्यानको सफाईमा भेटिएका नगर प्रमुख सिंहले नेपालमा वीरगंजबाटै रेल सेवाको सुरुवाती भएकोले यसको झल्को भावी पुस्तासम्म जीवित राख्ने उद्देश्यले  रेल संग्रहालय स्थापना गर्न लागेको बताए, "यो देशको यातायात इतिहाससँग गाँसिएको स्मृतिलाई सम्मान गर्ने भावनात्मक प्रयास हो । रेल संग्रहालय स्थललाई स्वच्छ, व्यवस्थित र संग्रहालययोग्य बनाउँदै ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनतर्फ एउटा अर्थपूर्ण सुरुवात भएको छ । यो पहलले वीरगंजको ऐतिहासिक पहिचानलाई अझ मजबुत बनाउनुका साथै नेपालको रेल इतिहास र राष्ट्रिय गौरवलाई नयाँ पुस्तासामु गर्वका साथ प्रस्तुत गर्ने विश्वास लिएको छु ।"

देशकै हेभीवेट नेताहरुको निर्वाचन क्षेत्र हुनाको फाइदा पक्कै पनि वीरगंजले लिइरहेको छ, त्यसमा कुनै दुविधा छैन । संघियता कार्यन्वयन पछिको दोस्रो कार्यकालको सरकार प्रमुख हुनाको कारणले पनि नीतिगत झमेलामा पर्नु पर्ने बाध्यता अहिलेका स्थानीय सरकार प्रमुखलाई त्यति छैन, सिंहलाई त्यही सुबिधा पनि प्राप्त होला तर जनताको तिब्र महत्वाकांक्षा, सिमित स्रोत, साधन, स्थानीय तहको अधिकार क्षेत्र, फरक राजनैतिक दलप्रतिको भाव, राजधानी बाहिरका सरकार प्रमुखका आफ्नै गुनासो, दिर्घकालिन रणनीति भन्दा क्षणिक सुखमा खुसी हुने स्थानीयका मानसिकता,बिकासका काम हुने अवरोध र बाधाका बिच पनि यति बेला राजेश मान सिंह नेतृत्वको वीरगंज महानगरले केही आशालाग्दो काम गरि रहेको छ । सडक, संजाल, पूर्वाधार, शिक्षा र स्वास्थ्यको बिकासमा बिरगंजले राम्रै प्रगती गरिरहेकै छ र यसको नायक बनि रहेका छन् नगर प्रमुख राजेश मान सिंह ।

images/election_candidacy-2.png

 

images/election_candidacy-2.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *