ऊर्जा तथा जलविद्युत क्षेत्रका विज्ञ ई. दीपक कुमार साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुनसरी ४ मा उमेदवारी दर्ता गराएका छन्।
इन्जिनियरिङ पृष्ठभूमिका साहसँग नेपालका जलविद्युत आयोजना सञ्चालन, व्यवस्थापन र प्राविधिक सुधारमा विशेषज्ञ स्तरमा काम गरेको अनुभव छ। उनी विभिन्न जलविद्युत आयोजनाहरूको सञ्चालन, मर्मतसम्भार र उत्पादन दक्षता वृद्धि सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न भएका छन्। उनले ISO 9001:2015 प्रमाणित कम्पनी Hydro Operation & Maintenance Services Pvt. Ltd. (HOMES) का सल्लाहकारका रूपमा कार्यरत रहँदै जलविद्युत व्यवस्थापन, ऊर्जा दक्षता र संस्थागत सुधारका क्षेत्रमा योगदान दिएका छन्।
नेपालको ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि, प्राविधिक दक्षता, पारदर्शिता र दिगो ऊर्जा विकासका लागि नीति र कार्यान्वयन स्तरमा अनुभव हासिल गरेका साह जलविद्युत तथा ऊर्जा क्षेत्रमार्फत युवाहरूलाई प्राविधिक सीप, रोजगारी र स्वरोजगार सिर्जना गर्न पहल गर्दै आएका छन्। नेपालको ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यात, ग्रामीण विद्युतीकरण तथा ऊर्जा सुरक्षाका लागि स्पष्ट दृष्टिकोण र नेतृत्व क्षमता भएका साहलाई रास्वपाले उमेदवारका रुपमा अघि बढाएको छ।
पुल्चोक क्याम्पसबाट सन् १९९९ मा मेकानिकल इञ्जिनियरिङ विषयमा स्नातक सम्मको अध्ययन गरेका साहले पुल्चोक क्याम्पसमा रहदा नै नेतृत्व शैलीको बिकास गरेका थिए। पुल्चोक क्याम्पसको नेपाल तराइ विद्यार्थी नवजागरण संघको सदस्य, सचिव हुदै अध्यक्ष सम्मको भूमिका निर्वाह गरेका थिए। पछि मधेशमा जनमत पार्टीले पार्टी निर्माण गरेसंगै साहले पनि जनमतको स्थायी कमिटि सदस्य हुदै उपाध्यक्ष सम्मको भूमिका निर्वाह गरेका थिए। राजनैतिक अनुभव हासिल गरेका साहलाई रास्वपाले सुनसरी -४ को जिम्मा लगाएको छ।
सुनसरी - ४ मा भेटिएका अधिकांश मतदाताले साहले चुनाव जित्ने विश्लेषण गरेका थिए। आफुहरुले पढेका, समाजलाई बुझेका साहलाई मत दिने निर्णय गरेकाले उनको बिजय सुनिश्चित रहेको मतदाताको बुझाइ छ। ४२ मेवा को मिस्त्री खोला हाइड्रो देखि २२ मेवाको बागमती, ४५ मेवाको भोटेकोशी हाइड्रोमा काम गरेका साह भारत, चीन, कतार मलेशिया जस्ता देशहरु भ्रमण समेत गरि सकेका छन्।
Your email address will not be published. Required fields are marked *